काठमाडौं । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबिएल ग्रोथ फण्डले चैत मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार फण्डले चैत मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ७८ करोड ५० लाख लगानी गरेको छ । यो लगानी फागुन मसान्तसम्ममा रू. ७८ करोड ९७ लाख लगानी गरेको थियो । यस आधारमा चैतमा सूचीकृत शेयरमा लगानी केही घटेको छ ।
त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) पनि फागुनको तुलनामा चैतमा केही घटेको छ । फागुन मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ३१ पैसा रहेकोमा चैत मसान्तमा घटेर १० रुपैयाँ ८ पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा फण्ड रू. २ करोड ६ करोडभन्दा बढी नोक्सानीमा छ ।
फागुनमा भने फण्ड रू. ९० लाख ६९ हजार नाफामा थियो । चैतमा फण्डको जम्मा आम्दानी रू. २२ लाख ३४ हजार ऋणात्मक छ भने खर्चमा वृद्धि भएको छ । यस कारण पनि फण्ड नोक्सानीमा गएको हो । फागुन मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. १ करोड ६४ लाख रहेकोमा चैत मसान्तमा बढेर रू. १ करोड ८४ लाख पुगेको छ ।