काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्रीन हाइड्रोजन इन्धनको अनुसन्धानमा काठमाडौं विश्वविधालयसँग सहकार्य गर्ने भएको छ । दिगो विकासमा टेवा पुग्ने उदेश्यले ग्रीन हाइड्रोजन इन्धनका अनुसन्धानको विश्वविद्यालयसँग सहकार्य गरेको बैंकले जनाएको छ ।
बैंकले काठमाडौं विश्वविद्यालय अन्तरगत रहेको ग्रीन हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविधालयका उपकुलपति डा. भोला थापा , ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. बिराज सिंह थापा तथा दुबै संस्थानका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
हाल ग्रीन हाइड्रोजन ल्याबले 'ग्रीन हाइड्रोजन फर थर्मल हिट'का लागि अनुसन्धान गर्ने छ । यस सहयोगहरूबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनाहरूलाई अनुसन्धान गर्ने मौका सँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको जनाएको छ ।