काठमाडौं। फोनपे भारतले बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममार्फत ‘युनिफाइड पेमेन्ट इन्टरफेस
(यूपीआई)’ प्लेटफर्मद्वारा सञ्चालित आफ्ना सेवा प्रदर्शन गरेको छ । कार्यक्रमलाई नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपेले समर्थन गरेको थियो, जुन नेपाल–भारत क्रस बोर्डर यूपीआई अन्तरआवद्धताका लागि एनआईपीएलको काउन्टरपार्टी पनि हो । कार्यक्रममा, नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीको प्रभावको बारेमा प्यानल छलफल भएको थियो । उक्त प्यानल छलफलमा, क्रस बोर्डर भुक्तानी र यसले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावका साथै अन्तरराष्ट्रिय लेनदेन सहजीकरणमा नियामक अवरोधहरू र अनुपालनका विषयमा चर्चा भएको थियो ।
भारतीय उपभोक्ताले आफूलाई उपयुक्त लाग्ने यूपीआईलाई प्रयोग गरेर नेपालभर तत्काल, सुरक्षित र सुविधाजनक भुक्तानी गर्न मिल्ने बताइएको छ । यसबाट नेपालबाट भारत भ्रमण गर्ने पर्यटकले पनि यूपीआई क्यूआर कोड स्क्यान गर्न, वालेटमा आधारित एप जस्ता वित्तीय साधन प्रयोग गरी सजिलै भुक्तान गर्न मिल्ने बताइएको छ ।