काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा छूट दिने भएको छ । कम्पनीले व्यतित भएका बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छूट दिने निर्णय गरेको हो ।
कम्पनीबाट जारी भएको बीमालेख (समुन्नती जीवन बीमा योजनाबाहेक) तोकिएको प्रक्रिया पूरा गरी आज (वैशाख २३ गते) देखि ३१ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्कमा ७५ प्रतिशत छूट पाइने कम्पनीले जनाएको छ ।
साथै, यस योजनामा समावेश भएर नवीकरण भएका बीमालेख नवीकरण भएको दुई वर्षभित्र समर्पण हुन आएमा दिइएको छूट कट्टा गरिने, पहिले नै छूट सुविधा प्राप्त गरेकालाई यो योजना लागू नहुने र यस्तो सुविधा बीमा अवधिभर एकपटक मात्र पाइने कम्पनीले जनाएको छ ।