काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्थाबीच मर्जरको लागि अन्तिम सम्झौता भएको छ ।
यी दुई कम्पनीबीच बुधवार मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यी कम्पनी समान हैसियत अर्थात् १ बरावर १ शेयर स्वाप अनुपातमा मर्जर गर्न लागेका हुन् ।
दुवै कम्पनीको गत फागुन १९ गते सम्पन्न साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो ।