काठमाडौं । सन सेक्युरिटिजले विश्वभरका नेपाली श्रमिकका लागि आजबाट रेमिट डिम्याट खाता सञ्चालनमा ल्याएको छ ।
खाताको माध्यमबाट विदेशमा रहेका नेपालीको डिम्याट खाता, मेरो शेयर तथा ब्रोकर खाता निःशुल्क खोलिने कम्पनीले जनाएको छ । विदेशमा रही अध्ययन तथा अन्य विभिन्न पेशामा आबद्ध नेपालीले समेत खाता खोल्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको वेबसाइट www.sunsecuritiems.co मा गएर खाता खोल्न सकिने छ ।
विदेशमा विभिन्न पेशा गरिरहेका नेपालीलाई नेपालको पूँजीबजारमा लगानी गर्न सहयोग पुर्याउन उक्त खाता सञ्चालनमा ल्याइएको सन सेक्युरिटिजले जनाएको छ ।
खाताको माध्यमबाट विदेशमा रहेकाहरूले नेपालको पूँजीबजारमा उचित ढंगबाट लगानी गर्न सके विदेशमा बस्दा कमाएको रकमबाट भविष्यमा आर्थिक आत्मनिर्भरता र आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास कम्पनी गरेको छ ।
डिम्याट खाता खोल्ने ग्राहकका लागि कम्पनीले बैंक वित्तीय संस्थासँगको सहकार्यमा बैंक खाता, सिआस्बा रजिष्ट्रेसन तथा कनेक्ट आईपीएस सेवासमेत प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ ।