काठमाडौं । नेपाली बजारमा शुक्रवार (आज) सुनको मूल्य १ हजार १०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भएको थियो ।