काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म घलेम्दी हाइड्रो लिमिटेड २ करोड १८ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । गत वर्षको यस अवधिसम्म १ करोड ५५ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको यस वर्ष नोक्सानी बढेको हो ।
यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी कम भएकाले खुद नोक्सानी बढेको हो । गत वर्ष २ करोड २४ लाख रुपैयाँभन्दा बढी विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष १ करोड ८३ लाख रुपैयाँभन्दा बढी यो आम्दानी गरेको हो ।
वित्तीय खर्च भने यस वर्ष घटेको छ । गत वर्ष २ करोड ८७ लाख रुपैयाँभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष २ करोड २३ लाख रुपैयाँभन्दा बढी मात्र रहेको हो ।
हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ६५ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने २० करोड ४४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ । शेयर प्रिमियममा भने यस वर्ष कम्पनीले १८ करोड १५ लाख रुपैयाँभन्दा बढी रकम छुट्याएको छ ।
दीर्घकालीन कर्जा ७१ करोड ५१ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्पकालीन कर्जा भने १ करोड ८० लाख रुपैयाँभन्दा बढी छ । प्रतिशेयर १ रुपैयाँ ३३ पैसा नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ९८ रुपैयाँ ६१ पैसा छ ।