काठमाडौं । चालू आर्थिक वर्षको ११ महीनामै करीब साढे दुई खर्ब रुपैयाँको वस्तु तथा सेवाको निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०८१/८२ को साउनदेखि जेठसम्ममा २ खर्ब ४७ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.७७ प्रतिशत बढी हो । सो अवधिमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गरिएको थियो । गत आर्थिक वर्षको १२ महीनामा १ खर्ब ५२ अर्बको वस्तु तथा सेवा निर्यात भएको थियो ।
चालू आर्थिक वर्षको ११ महीनामा १६ खर्ब ४४ अर्ब रुपैयाँको वस्तु तथा सेवाको आयात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा १३.१५ प्रतिशत बढी हो । उक्त अवधिमा भने १४ खर्ब ५३ अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो ।