काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार अघिल्लो वर्षको चौथो त्रैमाससम्मको तुलनामा गत वर्ष सोही अवधिसम्म ४ दशमलव ५१ प्रतिशत कम खुद नाफा भएको देखिएको छ ।
अघिल्लो वर्ष ३ अर्ब ४६ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले गत वर्ष ३ अर्ब ३० करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको हो । सो अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ४९ करोड रूपैयाँभन्दा बढी रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ करोड रूपैयाँभन्दा बढी रहेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको इम्पेरमेन्ट चार्ज वापत्को रकम घटको छ । अघिल्लो वर्ष ५९ करोड ८२ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज वापत्को रकम गत वर्ष २१ करोड ६१ लाख रूपैयाँभन्दा बढी मात्र कायम भएको हो । इम्पेरमेन्ट चार्ज वापत्को रकम घटेपनि बैंकको खुद ब्याज आम्दानी घटेकाले सञ्चालन नाफामा कमि आएको छ ।
अघिल्लो वर्ष ४ अर्ब ९७ करोड रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ४ अर्ब ७४ करोड रूपैयाँभन्दा बढी मात्र भएको हो ।
हाल बैंकको चुक्तापूँजी ९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रूपैयाँ छ । धितोपत्र दोस्रो बजारमा यो बैंकको शेयरमूल्य अन्य बाणिज्य बैंकहरूको तुलनामा बढी रहेको छ । पछिल्लो कारोबार दिन बैंकको शेयरमूल्य प्रतिकित्ता ६९२ रूपैयाँ कायम रहेको छ ।
रिटर्न अर्निग २ अर्ब ४९ करोड रूपैयाँभन्दा बढी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ६३ करोड रूपैयाँ कायम छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको निक्षेप संकलन ४ दशमलव २७ प्रतिशत घटेको छ भने कर्जा प्रवाह ४ दशमलव २५ प्रतिशत बढी भएको छ ।
बैंकले गत चौथो त्रैमाससम्म १ खर्ब १२ अर्ब ४८ करोड रूपैयाँभन्दा बढी निक्षेप संलकन गरेको हो भने ८१ अर्ब १४ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । गत वर्ष निष्क्रिय कर्जा २ दशमलव १४ प्रतिशत कायम छ । अघिल्लो वर्ष सो अवधिसम्म बैंकको निष्क्रिय कर्जा १ दशमलव १८ प्रतिशत थियो । प्रतिशेयर आम्दानी ३५ रूपैयाँ ९ पैैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ भने २१८ रूपैयाँ ४ पैसा रहेको छ ।
रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस