काठमाडौं । दुई दिनसम्म परेको वर्षासँगै आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनका पावरहाउस र प्रसारण लाइनमा क्षति पुगेपछि देशभरका अधिकांश स्थानमा विद्युत् आपूर्ति अस्तव्यस्त भएको छ ।
शुक्रवारदेखि परेको वर्षाका कारण विभिन्न १६ ओटा विद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक विवरण स्वतन्त्र उर्जा उत्पादक हरूको संस्था नेपाल (इप्पान)ले सार्वजनिक गरेको छ।
क्षतिग्रस्त केही जलविद्युत् आयोजनाहरूको प्रारम्भिक विवरण
- मान्डू हाइड्रोपावरद्वारा प्रवर्द्धित २२ मेगावाट क्षमताको बागमति साना जलविद्युत आयोजना, मकवानपुर (पावर हाउस पूर्णरुपमा डुबेको
- माउन्टेन हाइड्रो नेपालद्वारा प्रवर्द्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीबाट पनि प्रभावित, पावर हाउस डुबानमा परेको)
- पाँचथर पावरद्वारा प्रवर्द्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना, पाँचथर (गत वर्षको बाढीले क्षतिग्रस्त आयोजना पुननिर्माण सकेर सञ्चालनमा आउनै लाग्दा पुनः क्षतिग्रस्त
- साहस ऊर्जाद्वारा प्रवर्द्धित ८६ मेगावाटको सोलु दूधकोशी जलविद्युत आयोजना, सोलुखुम्बु (हेडबक्समा क्षति, उत्पादन बन्द)
- सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजना, इलाम (बाँध र टेलरेसमा क्षति, उत्पादन बन्द)
- सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवर्द्धित ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजना, इलाम (बाँध र प्रसारणलाइनमा क्षति)
- फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूर्णरुपमा क्षति)
- सिउरीखोला जलविद्युत आयोजना ५ मेगावाट, लमजुङ, (टेलरेस, इन्टेक र टनेलमा क्षति)
- सुपरन्यादी जलविद्युत आयोजना, ४० मेगावाट, लामुजुङ, (पहुँचमार्गमा क्षति, प्रोटेक्सन वालमा क्षति)
- इलेप खोला तातोपानी जलविद्युत आयोजना, २५ मेगावाट, धादीङ, (पहुँचमार्गमा ठूलो क्षति)
- माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना २१६ मेगावाट, नुवाकोट, (क्याम्प हाउस, पहुँचमार्गमा क्षति र ३ वटा कन्टेनर बगाएको)
- हेवाखोला जलविद्युत आयोजना, १० मेगावाट, पाँचथर (क्रसर पुरिएको, पहुँचमार्गमा क्षति, प्रसारणलाइनको टावर ढलेको, पावर हाउसमा जडान गर्न ल्याइएका सामाग्री बगाएको)
- सभाखोला बी जलविद्युत आयोजना, १५.१ मेगावाट, पाँचथर, (पहुँचमार्ग, पावरहाउस पुरिएको, बाँधमा क्षति र अस्थाई पुल बगाएको)
- सभाखोला सी जलविद्युत आयोजना, ६.३ मेगावाट, पाँचथर, (पहुँचमार्गमा क्षति)
- लान्द्रुक मोदी जलविद्युत आयोजना, ८६.५९ मेगावाट, कास्की, (पहुँचमार्गमा क्षति)
- सुपर त्रिशूली जलविद्युत आयोजना, १०० मेगावाट, नुवाकोट (२ वटा स्काभेटर बगाएको, २ वटा लोडर र ३ वटा ट्रिपर बगाएको, बेलिब्रिज बगाएको, पावर हाउस स्काभेसन पुरिएको