शेयरधनीलाई लाभांश दिँदैछन् ११ वाणिज्य बैंक

Share News

काठमाडौं । २० वाणिज्य बैंकले गत आर्थिक वर्ष (आव) २०८०/८१ सम्मको मुनाफाबाट लाभांशसम्बन्धी निर्णय गरेका छन् । जसमध्ये ११ बैंकले लाभांश दिने निर्णय गरेका छन् भने ९ ओटाले नदिने भएका छन् ।

लाभांश नदिने निर्णय गर्नेमा नेपाल बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, कुमारी बैंक, एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, एनएमबि बैंक र प्रभु बैंक छन् ।  

लाभांश दिने निर्णय गरेका ११ ओटै बैंकले साधारण सभाबाट उक्त प्रस्ताव पारित गराइसकेका छन् । तीमध्ये स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा बढी कुल २५ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । कुल लाभांशमध्ये ६ दशमलव ५ प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश छ ।

गत आवको मुनाफाबाट सर्वाधिक लाभांश दिने वाणिज्य बैंकको सूचीमा दोस्रोमा एभरेष्ट बैंक छ । बैंकले १० प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश गरेर कुल १५ दशमलव ५३ प्रतिशत लाभांश दिएको छ । नबिल बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक र सिद्धार्थ बैंकले नगद लाभांश मात्रै दिएका छन् ।

लाभांश दिने ११ बैंकहरू
बैंकको नाम  २०८०/८१ को लाभांश %    कुल लाभांश %
  बोनस शेयर  नगद लाभांश  
स्ट्याण्डर्ड चार्टर्ड बैंक ६.५ १९ २५.५
एभरेष्ट बैंक १० ५.५३ १५.५३
नेपाल एसबिआई बैंक ३.८ ६.८५ १०.६५
कृषि विकास बैंक ७.५३ १०.५३
नबिल बैंक - १० १०
ग्लोबल आइएमई बैंक ५.५   ५.५
लक्ष्मी सनराइज बैंक ०.२६ ५.२६
सानिमा बैंक - ५.२६ ५.२६
प्राइम कर्मसियल बैंक -
सिटिजन्स बैंक इन्टरनेशनल  ०.२१ ४.२१
सिद्धार्थ बैंक --

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।