काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरको नयाँ नोट मंगलवार (आज)देखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी उक्त दरका १० लाख नोट चलनचल्तीमा ल्याएको जानकारी दिएको हो । साबिककै आकार र रङमा रहेको ती नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीकै हस्ताक्षर छ । उनी आफ्नो ५ वर्षे कार्यकाल सकेर गत चैत २२ गते राष्ट्र बैंकबाट सेवानिवृत्त भइसकेका छन् ।
नोटको अगाडिको भागमा बायाँतर्फ सगरमाथाको चित्र छ भने दायाँतर्फ लालिगुराँसको पानीछाप छ ।
नोटको पछाडिको भागको माथिल्लो भागमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको छ। बीचमा वन्य याक र हुम्ला जिल्लाको लिमि क्षेत्रको हिमालको चित्र छ ।
हेर्नुस् सूचना