काठमाडौं । एक महीना अवधिमा ६ कम्पनीको कुल २ करोड ४३ लाख ५ हजार २०७ कित्ता शेयर सूचीकृत भएको छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेले प्रकाशित गरेको मासिक तथ्याङकअनुसार समाज लघुवित्त वित्तीय संस्था,नेपाल ल्यूब आयल, कर्पोरेट डेभलपमेन्ट बैंक,नेशनल लाइफ इन्स्योरेन्स , हिमालय उर्जा विकास कम्पनी र आँखु खोला जलविद्युत कम्पनीको उक्त कित्ता बोनस शेयर र हकप्रद शेयर सूचीकृत भएको हो ।
आँखुखोला लघुवित्त कम्पनीको १ करोड २० लाख र हिमालयन उर्जा विकास कम्पनीको ९९ लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २० लाख ४ हजार ६६७ कित्ता,कर्पोरेट डेभलपमेन्ट बैंकको २ लाख ५० हजार, नेपाल ल्यूब आयलको १ लाख २२ हजार ४० कित्ता समाज लघुवित्तको २८ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।