९ महीनामा एभरेष्ट बैंकले कमायो २ अर्ब ६० करोड भन्दा बढी नाफा, जगेडा कोषमा १४ अर्ब ९१ करोड  सञ्चिती

Share News

काठमाडौं । एभरेष्ट बैंकले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५ दशमलव ७७ प्रतिशत वृद्धि भएको छ ।

गत आवमा कम्पनीले रू. २ अर्ब ४६ करोड नाफा कमाएकोमा चालू आवमा बढेर रू. २ अर्ब ६० करोड भन्दा बढी पुगेको हो ।  चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको सञ्चालन नाफा ५ दशमलव ७८ प्रतिशत वृद्धि भएको छ । 

कम्पनीको चुक्ता पूँजी रू. ११ अर्ब ७६ करोड रहेको छ भने तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा (रिटेन्ड अर्निङ र शेयर प्रिमिय सहित) रू. १४ अर्ब ९१ करोड भन्दा बढी सञ्चिती गरेको छ ।

प्रतिशेयर आम्दानी गत आवको तुलनामा चालू आवमा सामान्य घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३० रुपैयाँ ७४ पैसा रहेकोमा चालू आवमा २९ रुपैयाँ ५५ पैसा कायम भएको हो । तेस्रो त्रैमासम्ममा कम्पनीको वितरणयोग्य नाफा रू. २ अर्ब ७५ करोड रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २२६ दशमलव ७३ ,मूल्य आम्दानी अनुपात१७ दशमलव ०९ गुणा र तरलता अनुपात ३२ दशमलव २४ प्रतिशत रहेको छ । 

रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।