९ महीनामा सिटिजन बैंकले कमायो १ अर्ब २१ करोड,अन्य सूचक कस्ता ?

Share News

काठमाडौं । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब २१ करोड नाफा कमाएको हो ।

यो नाफा गत आवको यसै अवधिको तुलनामा भने समान्य अर्थात १ दशमलव ९९ प्रतिशत  कमि आएको हो । सो अवधिमा कम्पनीले रू. १ अर्ब २३ करोड नाफा कमाएको थियो । कम्पनीको सञ्चालन नाफा बढेपनि खुद ब्याज आम्दानी घटेकाले नाफा प्रभावित भएको हो ।

सञ्चालन नाफा गत आवको तुलनामा चालू आवमा ५ दशमलव २३ प्रतिशत वृद्धि भएको छ  भने खुद ब्याज आम्दानी ३ दशमलव २५ प्रतिशत घटेको छ । 

प्रतिशेयर आम्दनी गत आवको तुलनामा चालू आवमा सामान्य घटेको छ । गत आवमा ११ रुपैयाँ ६१ पैसा रहेकोमा चालू आवमा ११ रुपैयाँ ३७ पैसा कायम भएको हो । 

चुक्ता पूँजी रू. १४ अर्ब २० करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. ७ अर्ब ७ करोड र रिटेन्ड अर्निङमा रू. १ करोड ८९ लाख सञ्चिती गरेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४९ दशमलव ९८ , मूल्य आम्दनी अनुवात १३ दशमलव ९८ गुणा र तरलता अनुपात २५ दशमलव ६१ प्रतिशत रहेको छ । 

रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।