काठमाडौंको चोभारडाँडामा रहेको आदिनाथ मन्दिरमा भजन गाउँदै श्रद्धालु । यो मन्दिरमा हरेक वर्ष असोज शुक्ल पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महीना मेला सञ्चालन हुन्छ ।
मेला अवधिमा आदिनाथको भक्तिपूर्वक पूजाअर्चना गरेमा निरोगी हुने जनविश्वास छ । साथै छालासम्बन्धी रोग पनि नलाग्ने जनविश्वास छ । मेलामा काठमाडौं उपत्यका मात्र नभई विभिन्न स्थानबाट भक्तजन सहभागी हुने गर्छन् । यो वर्षको मेला शुक्रवार सम्पन्न हुँदैछ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान