काठमाडौं। इन्डोनेसियामा आयोजना भएको ‘इन्डोनेसिया इन्टरनेसनल मोटर शो(आईआईएमएस)’मा ३२८ ओटा नेटाका गाडीले बुकिङ पाएका छन् । पहिलोपटक यस शोमा सहभागी भएको कम्पनीका उक्त संख्यामा नेटा भी र नेटा एक्सका गाडीले बुकिङ पाएका हुन् ।
गत फेब्रुअरी १३ देखि २३ सम्म जकार्तामा उक्त शो आयोजना गरिएको थियो । पीटी नेटा अटोका प्रबन्धनिर्देशक क्रिस लानले यो उपलब्धिले इन्डोनेसियाली ग्राहकको कम्पनीप्रतिको विश्वास उजागर भएको बताए । ‘यसले उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ,’ उनले भने । लानले इन्डोनेसिया विश्वकै ठूला ईभी बजारमध्ये एक बन्ने सम्भावना रहेको भन्दै नेटाले यसलाई समर्थन गर्दै विक्रीपछिको सेवामा केन्द्रित रहने बताए ।
आईआईएमएसमा नेटाले नेटा भी२ अर्बान स्पोर्ट कन्सेप्ट प्रस्तुत गरेको थियो । शोमा कम्पनीका गाडीमा नि:शुल्क वालचार्जर, विशेष बीमा र लाइफटाइम वारेन्टीजस्ता आकर्षक अफर प्रदान गरिएको बताइएको छ । यसैबीच नेपालमा नेटाको आधिकारिक वितरक सीजी मोटर्सले १ हजारभन्दा बढी नेटा भी र नेटा एक्स विक्री गरिसकेको बताइएको छ ।