काठमाडौँ । सुनको मूल्य तोलामा रू ७ हजार ५०० ले घटेको छ । मङ्गलवार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला रू १ लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर रू १ लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला रू ५ ले घटेर रू १ हजार ९६५ मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ३४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस