काठमाडौं । आठौं संस्करणको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस् शुक्रवार (आज) काठमाडौंमा सम्पन्न भएको छ ।
न्यू बिजनेश एज प्रालिको आयोजनामा भएको कार्यक्रमको टाइटल स्पोन्सर एशियन पेन्ट्स् रहेको थियो ।
कार्यक्रममा प्यानल डिस्कसनका साथै विभिन्न विधामा अवार्डस् वितरण गरिएको थियो । जसमा लाइफटाइम एचिभमेन्ट अवार्डसहित विभिन्न ११ विधामा अवार्ड वितरण गरिएको थियो । कार्यक्रममा ‘बिजनेस अपरच्युनिटिज इन डिफिकल्ट टाइम्स’ विषयमा प्यानल डिस्कसन गरिएको थियो ।
प्यानल स्पिकरमा युनिलिभर नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर अम्लान मुखर्जी, निम्बस होल्डिङ प्रालिका म्यानेजिङ डाइरेक्टर आनन्द बगारिया र भायानेट कम्युनिकेशन्सका प्रमुख कार्यकारी अधिकृत सेवा पाठक सहभागी थिए । यसको सहजीकरण प्रिज्मा एडभरटाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले गरेका थिए ।
कार्यक्रममा भारतीय उद्योग वाणिज्य महासंघ (एफआईसीसीआई)का वरिष्ठ सल्लाहकार मानब मजुमदरले कि–नोट मन्तव्य दिएका थिए ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्साल र एशियन पेन्टस् नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णन् गौरीशंकरले संयुक्तरूपमा कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रमको अन्य प्रायोजकमा एनआईसी एसिया बैंक, टीयागो ईभी, नबिल बैंक, नेशनल लाईफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, एसियन लाइफ इन्स्योरेन्स, नेपाल बीमा प्राधिकरण, स्मार्टफोन कम्पनी एमआई, एनएलजी इन्स्योरेन्स, प्रभु बैंक र सोनम गियर छन् । कार्यक्रमको इन्टरनेट पार्टनरमा डिसहोम फाइबर नेट छ ।