वासिङ्टन डिसी (अमेरिका) । अमेरिकाले ४० भन्दा बढी देशका नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको अन्तरराष्ट्रिय समाचार संस्थाले जनाएका छन् ।
द न्यूयोर्क टाइम्सको अनलाइन संस्करण ले मार्च १४ मा (गत शुक्रवार) सरकारी स्रोतको हवाला दिँदै प्रकाशन गरेको समाचारमा ४३ देशका नागरिकलाई यस्तो प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको उल्लेख छ ।
तर, रोयटर्स ले सोही मितिमा प्रकाशन गरेको समाचारमा भने ४१ देशका नागरिकलाई मात्रै उक्त प्रतिबन्ध लगाउन सक्ने उल्लेख छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको एक कार्यकारी आदेशपछि कूटनीतिक र सुरक्षा अधिकारीले अमेरिकाले नयाँ प्रतिबन्ध लगाउनुपर्ने देशहरूको सूची पेश गरेका हुन् । उक्त सूचीमा रहेका देशहरूलाई तीन वर्गमा विभाजन गरिएको छ । जसमा पूर्ण र आंशिक भिसा प्रतिबन्धलगाउनेदेखि भिसामा आंशिक प्रतिबन्धको सिफारिस गर्नेसम्म छन् । भिसामा आंशिक प्रतिबन्धको सिफारिसमा पर्ने देशहरूलाई कमजोरी सुधार्न ६० दिनको समयसीमा दिइने र त्यो अवधिभित्र 'कमजोरी' सुधार नगरेमा मात्रै त्यहाँका नागरिकलाई आंशिकरूपले भिसा प्रतिबन्ध लगाउन सुझाव दिइएको छ ।
द न्यूयोर्क टाइम्सका अनुसार, अमेरिकाले ११ देशलाई 'रातो सूची' (पूर्णरूपले भिसा प्रतिबन्ध गरिने) मा राखेको छ, जसमा अफगानिस्तान, भुटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सूडान, सिरिया, भेनेजुएला र यमन छन् ।
यस्तै, १० देशलाई 'सुन्तला सूची' (आंशिकरूपले भिसा प्रतिबन्ध गरिने) मा राखिएको छ, जसमा बेलारूस, इरित्रिया, हैटी, लाओस, म्यानमार, पाकिस्तान, रूस, सिरा लिओन, दक्षिण सुडान र तुर्कमेनिस्तान छन् ।
यसैगरी, २२ देशहरू 'पहेंलो सूची' ('प्रक्रियागत कमजोरी' सुधार्न ६० दिनको समय दिइने र त्यो अवधिभित्र 'कमजोरी' सुधार नगरेमा त्यहाँका नागरिकलाई आंशिकरूपले भिसा प्रतिबन्ध लगाइने) मा राखिएको छ । यो सूचीमा एङ्गोला, एण्टिगुआ र बारबुडा, बेनिन, बर्किना फासो, कम्बोडिया, क्यामरून, काबो भर्डे, चाड, कङ्गो गणराज्य, कङ्गो लोकतान्त्रिक गणराज्य, डोमिनिका, इक्वेटोरियल गिनी, गाम्बिया, लाइबेरिया, मल्यावी, माली, मोरिटानिया, सेंट किट्स र नेभिस, सेंट लुसिया, साओ टोमे र प्रिन्सिपे, भानाटु र जिम्बाब्वे छन् ।
रोयटर्सका अनुसार १० देशका नागरिकलाई अमेरिकामा पूर्णरूपले भिसा प्रतिबन्ध गर्न सुझाव दिइएको छ, जसमा अफगानिस्तान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सूडान, सिरिया, भेनेजुएला, र यमन छन् ।
यस्तै, ५ देशका नागरिकलाई आंशिक भिसा प्रतिबन्ध गर्न सुझाइएको छ, जसमा इरित्रिया, हैटी, लाओस, म्यानमार र दक्षिण सुडान छन् ।
यसैगरी, २६ देशहरूलाई 'कमजोरी' सुधार नगरे मात्रै आशिंक भिसा प्रतिबन्ध लगाउन सुझाव दिइएको छ । ती देशहरूमा एङ्गोला, एण्टिगुआ र बारबुडा, बेलारूस, बेनिन, भुटान, बर्किना फासो, काबो भर्डे, कम्बोडिया, क्यामरून, चाड, कङ्गो लोकतान्त्रिक गणराज्य, डोमिनिका, इक्वेटोरियल गिनी, गाम्बिया, लाइबेरिया, मल्यावी, मोरिटानिया, पाकिस्तान, कङ्गो गणराज्य, सेंट किट्स र नेभिस, सेंट लुसिया, साओ टोमे र प्रिन्सिपे, सिरा लिओन, पूर्वी टिमोर, तुर्कमेनिस्तान र भानाटु छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वदेश आउने विदेशीहरूको सुरक्षा जाँच प्रक्रिया कडा बनाउनको लागि एक कार्यकारी आदेश जारी गरेपछि अमेरिकामा नयाँ प्रतिबन्ध लगाउनुपर्ने देशहरूको सूची पेश गरिएको हो । तर, यात्रा प्रतिबन्धबारे ट्रम्प प्रशासनबाट अन्तिम स्वीकृति पाउन भने बाँकी रहेको दुवै समाचार एजेन्सीले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा आप्रवासन नियन्त्रण कडा पारेका छन् । यही कारण अमेरिकाले हजारौं ‘अवैध’ आप्रवासीहरूलाई देश निकाला गरिएको छ । एजेन्सीको सहयोगमा