काठमाडौं । मंगलवार काठमाडौंमा अन्तराष्ट्रिय चिया दिवसका अवसरमा 'सद्भावको लागि चियाः याची सांस्कृतिक जमघट' नामक कार्यक्रमको आयोजना भएको छ ।
नेपाल र चीनको आनहुई प्रान्तको संस्कृति आदानप्रदान तथा प्रर्वद्धन गर्ने उद्देश्य आयोजना गरिएको कार्यक्रममा चियाको पारखीको घुइँचो लागेको छ ।
आनहुई प्रान्तीय सांस्कृतिक विभाग, नेपालका लागि चिनियाँ राजदूतावास, चिनियाँ साँस्कृतिक केन्दू लगायत संस्थाको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री हितबहादुर तामाङ, चिनियाँ राजदूत छन सोङ, चिनियाँ सांस्कृतिक केन्दूका निर्देशक सियाओ जियाङलगायतको सहभागिता थियो ।
विभिन्न चियाको स्टल राखिएको उक्त कार्यक्रममा चिनियाँ कलाकारले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
आनहुईको खाना र चिया चीनमा प्रसिद्ध छ। यस प्रान्तमा उत्पादन हुने प्रख्यात चियामा हुवाङ्शान माओफेङ हरियो चिया, छिमेन कालो चिया, लिउआन गुआपियन हरियो चिया, ताइपिङ होउकुईलगायत छन् ।
हेर्नुस् तस्वीरहरू