काठमाडौं। समावेशिता र पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले जगदम्बा मोटर्सले अपांगता भएका व्यक्तिहरूलाई भारतीय राजदूतावाससँगको सहकार्यमा पाँचओटा टीभीएस एनटर्क स्कुटर सहयोग गरेको छ । भारतीय राजदूतावास कल्याण केन्द्र सोह्रखुट्टेमा स्कुटर हस्तान्तरण कार्यक्रम गरिएको हो । कार्यक्रमले समुदायलाई दिगो गतिशिलता समाधानमार्फत सशक्त पार्ने दुवै संस्थाको प्रतिबद्धतालाई पुष्टि गरेको बताइएको छ ।
सो अवसरमा भारतीय राजदूतावासका एसएम असिस्टेन्ट मिलिटरीका मेजर नवीन जानु, टिभीएस मोटर कम्पनीका प्रतिनिधि लगायतको उपस्थिति थियो । यी विशेष स्कुटरबाट अपांगता भएका व्यक्तिहरूले स्वतन्त्रतापूर्वक आवतजावत गर्न सहजताको अनुभव गर्न सक्ने आशा गरिएको छ ।
टीभीएस एनटर्क, उत्कृष्ट प्रविधि, सहज सञ्चालन प्रणाली र बलियो डिजाइनका लागि परिचित छ । तसर्थ, सहयोगले लाभग्राहीका लागि आत्मविश्वासमा वृद्धिका साथै दक्षताका साथ दैनिक जीवन सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेे विश्वास गरिएको छ ।
जगदम्बा मोटर्सले सदैव सामाजिक उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्दै आएको बताइएको छ । भारतीय राजदूतावाससँगको सहकार्यले समावेशी समाज निर्माण गर्ने टिभीएसको प्रतिबद्धतालाई थप बल पुगेकोे कम्पनीको भनाइ छ ।
‘गतिशीलता केवल सुविधा मात्र होइन, यो एक मौलिक अधिकार हो, हामी अपांगता भएका व्यक्तिका लागि विशेष रूपले डिजाइन गरिएका स्कुटरको प्रस्ताव गर्ने हाम्रो पहलको शुरुआतसँगै समावेशिता र सशक्तीकरणतर्फ महत्त्वपूर्ण कदम चाल्न पाउँदा हामी गौरवान्वित छौं,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ।