असलिको घरदैलो सेवा
चैत २७, काठमाडौं (अस) । अभिभावक सहकारी समाज लिमिटेड (असलि)ले ५५औं राष्ट्रिय सहकारी वर्ष २०६८ र अन्तरराष्ट्रिय सहकारी वर्ष २०१२ को अवसरमा ‘असलि घरदैलो सेवा कार्यक्रम’ सञ्चालन गरेको छ । १८ गतेदेखि शुरू गरेको उक्त कार्यक्रम आगामी शनिवारसम्म सञ्चालन हुने संस्थाले बताएको छ । कार्यक्रममा करीब ३० जना स्वयम्सेवक परिचालन गरी सम्पर्कमा नआएका ऋणीबाट ऋण असुलउपर गर्र्ने तथा अन्यलाई सहकारीको महत्व बुझाउने कार्य गर्दै आएको छ । साथै, काठमाडौं महानगरपालिका वडा नं. १, ४, ५, २९, ३३ मा रहेका सहकारी तथा निजी स्कूलका विद्यार्थी, शिक्षक र व्यवस्थापनसँग अन्तरक्रिया गरी मसलन्द वितरण गर्ने असलिले बताएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.