काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) र खुद नाफा साउन मसान्तको तुलनामा भदौ मसान्तमा घटेको छ ।
साउन मसान्तमा यस फण्डको न्याभ १० रुपैयाँ ७७ पैसा रहेकोमा भदौ मसान्तमा घटेर १० रुपैयाँ ३७ पैसा कायम भएको छ । त्यस्तै फण्डले साउन मसान्तमा रू. ५ करोड ५३ लाख नाफा कमाएकोमा भदौ मसान्तमा घटेर रू. २ करोड ३० लाखमा झरेको छ । भदौमा फण्डको आम्दानीमा घटेकाले नाफा प्रभावित भएको हो । साउन मसान्तमा फण्डको कुल आम्दानी रू. ५ करोड ६९ लाख रहेकोमा भदौ मसान्तमा घटेर रू. २ करोड ६१ लाखमा झरेको छ ।
त्यस्तै फण्डले सूचीकृत शेयरमा लगानी पनि घटाएको छ । फण्डले साउन मसान्तमा सूचीकृत शेयरमा रू. ३० करोड १९ लाख रहेकोमा भदौ मसान्तमा घटाएर रू. २६ करोड ५० लाख गरेको छ ।