बीएफ डियर हिलका नयाँ मोडल बजारमा

Share News


भदौ १७, काठमाडौं (अस) । वेश फूटवयेर प्रालिले दशैंतिहारलाई लक्षित गरी १० नयाँ मोडलका स्पोर्ट््स क्याजुअल शुज तथा बुट नेपाली बजारमा ल्याएको छ । कम्पनीले बीएफ डियर हिल शुज ब्राण्डमा जुत्ता बजारमा ल्याएको छ । कम्पनीका प्रबन्धक निर्देशक होमनाथ उपाध्यायका अनुसार हालै बजारमा ल्याइएका १० नयाँ आकर्षक मोडलका जुत्ता अन्तरराष्ट्रियस्तरका टिकाउ, भरपर्दो, सजिलो तथा गुणस्तरीय छन् । ती जुत्ता सबै उमेर र व्यक्तित्व सुहाउँदो भएको उनको दाबी छ । यसका साथै कम्पनीका सबै उत्पादनमा  छाला, जुत्ता तथा वस्तु उत्पादक सङ्घ नेपालद्वारा स्वदेशी उत्पादन पहिचानका लागि जारी गरिएको तथा उद्योग मन्त्रालयबाट स्वीकृति प्राप्त सामूहिक व्यापार चि≈न–होलोग्राम अङ्कित गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।