बीएफ डियरहिलको दशैंतिहार योजना

Share News

भदौ १२, काठमाडौं (अस) ।

बेस फुटवेयर प्रालिले ‘बीएफ डियरहिल शूजले ल्यायो चाडवाडको बहार, जुत्ता किन्दा पाइँदो रहेछ डाइस्टार एप्लायन्सको उपहार’ योजना ल्याएको छ । कम्पनीले चाडवाडको अवसर पारी हरेक विक्रेता, थोक विक्रेता तथा डिलरका लागि उक्त योजना ल्याएको हो । योजनाअन्तर्गत बीएफ डियरहिल शुज खरीदमा डाइस्टार ब्राण्डका आइरन, राइस कुकर, जुसर, मिक्श्चर, भ्याकुम क्लिनर, ग्यास हिटर, स्ट्याण्ड फ्यान, एलईडी टीभी तथा आईफोन प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, १ हजार २ जोरभन्दा बढी जुत्ता खरीद गर्नेलाई १० प्रतिशत नगद छूटको व्यवस्थासमेत गरिएको छ । योजना भदौ १० देखि आगामी कात्तिक मसान्तसम्म लागू हुने बताइएको छ ।

यसैबीच, कम्पनीले दशैंतिहारलाई लक्षित २५ मोडलका नयाँ र आकर्षक जुत्ता पनि बजारमा ल्याएको कम्पनीका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले जानकारी दिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।