काठमाडौं । एयरोस्पेस जायन्ट बोइङद्वारा डिजाइन र निर्माण गरिएको एक संचार उपग्रह कक्षमा टुक्रिएको छ ।
स्याटेलाइटको अपरेटर इन्टेलस्याटले ‘आईएस–३३ ई’ ‘पूर्ण क्षति’ भएको पुष्टि गरेको छ । यसले युरोप, अफ्रिका र एशिया–प्रशान्त क्षेत्रका केही भागका इन्टेलस्याट ग्राहकलाई प्रभावित बनाएको छ ।
इन्टेलस्याटले घटनाको ‘विस्तृत विश्लेषण’का लागि कदम चालेको बताएको छ । इन्टेलस्याटले भनेको छ, ‘हामी स्याटेलाइट निर्माता कम्पनी बोइङ र सरकारी निकायसँग समन्वय गरेर डाटा र अवलोकनको विश्लेषण गरिरहेका छौं ।’
स्टाटेलाइट निर्माता कम्पनी बोइङले भने यस घटनाबारे कुनै टिप्पणी गरेको छैन ।
अमेरिकी रक्षा मन्त्रालयको अन्तरिक्ष ट्रयाकिङ वेबसाइट स्पेसट्रयाकले पनि घटनाको पुष्टि गरेको छ ।
अमेरिकी अन्तरिक्ष सेनाले पनि उक्त भूउपग्रहसँग सम्बन्धित करीब २० वटा टुक्राको खोजी गरिरहेको जनाएको छ । बीबीसी