काठमाडौं। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नेपालमा हालै सार्वजनिक भएको टाटाका विद्युतीय गाडी (ईभी) कर्भ ईभी, नेक्सन के३ ईभी र टाटा टियागो ईभी–२०२५ बुटवल र भैरहवामा सार्वजनिक गरेको छ । भैरहवास्थित अम्बु मार्केटिङ र बुटवलस्थित सफल मोटर्समा टाटाका यी गाडी सार्वजनिक गरिएको हो ।
सो कार्यक्रममा सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्तजंग सिजापती, टाटा मोटर्सको लागि नेपालका देशीय निर्देशक प्रशन्न रंगनाथान, उद्योग वाणिज्य संघ सिद्धार्थनगरका अध्यक्ष नेत्रप्रसाद आचार्य र उद्योग वाणिज्य संघ बुटवलका अध्यक्ष हरिप्रसाद अर्याल उपस्थित थिए ।
कार्यक्रममा सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सिजापतीले टाटा ईभीका नयाँ मोडल बुटवल र भैरहवामा सार्वजनिक गर्न पाउँदा उत्साहित भएको बताए । ‘अब ग्राहकले टाटाको प्रिमियम कर्भ ईभीदेखि धेरै यात्रा गर्नको लागि नेक्सन के३ ईभी, बजेटमा एसयूभीको आनन्द लिन पन्च ईभी र इन्ट्री लेवलमा नेपालमा रुचाइएका ह्याचब्याग टियागो इभि २०२५ मोडल रोज्न सक्नुहुनेछ,’ उनले भने ।
सफल मोटर्सका सञ्चालक प्रदिप हमालले बुटवल क्षेत्रको बाटो सुहाँउदो प्रिमियम र धेरै रेञ्ज भएका गाडी सार्वजनिक भएकाले यी ईभी ग्राहकको रोजाइमा पर्नेमा विश्वस्त रहेको बताए । देशीय निर्देशक रंगनाथानले टाटा र सिप्रदी विक्रीपछिको सेवाको लागि प्रतिबद्ध रहेकाले टाटा मोटर्सका स्टाइलिस, प्रिमियम नयाँ गाडी ढुक्क भएर लिन आग्रह गरे । सोअवसरमा दुवै शोरूममा टेस्ट ड्राइभको अवसर समेत पाइने बताइएको छ ।