काठमाडौं । चालू आर्थिक वर्ष २०८१/८१ को चार महिनामा वाणिज्य बैंकहरूले कुल रू.२२ अर्ब भन्दा बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २० वाणिज्य बैंकहरुले कात्तिक मसान्तसम्ममा रू.२२ अर्ब २९ करोड ८६ लाख नाफा आर्जन गरेका हुन । यो नाफा असोज मसान्तसम्मको तुलनामा ३७ दशमलव ७४ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा यी बैंकहरूको कुल नाफा रू. १६ अर्ब १८ करोड ९४ लाख थियो ।
कात्तिक मसान्तसम्ममा २० वाणिज्य बैकहरूमध्ये कृषि विकास बैंक रू. २२ करोड ७६ लाख घाटामा छ भने बाँकी सबै नाफामा रहेका छन् । सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यस बैंकले कात्तिक मसान्तसम्ममा रू. २ अर्ब ६९ करोड नाफा कमाएको हो । यो नाफा असोज मसान्तसम्मको तुलनामा ३० दशमलव ८५ प्रतिशत वृद्धि भएको हो । सो अवधिमा बैंकले रू. २ अर्ब ५ करोड नाफा कमाएको थियो ।
त्यस्तै दोस्रोमा ग्लोबल आइएमई बैंकले कात्तिक मसान्तसम्ममा रू. २ अर्ब १४ करोड नाफा कमाएको छ । यो नाफा असोज मसान्तको तुलनामा ३९ दशमलव ८० प्रतिशत वृद्धि हो । सो अवधिमा बैंकले रू. १ अर्ब ५१ करोड नाफा कमाएको थियो । कृषि विकास बैंक बाहेक सबै बैंकको नाफा असोजको तुलनामा कात्तिकमा वृद्धि भएको छ ।
प्रतिशतका आधारमा सबैभन्दा बढी राष्ट्रिय बाणिज्य बैंकको नाफा २६५ प्रतिशत वृद्धि भएको छ । यस बैंकले असोज मसान्तसम्ममा रू. १५ करोड १३ लाख नाफा कमाएकोमा कात्तिक मसान्तसम्ममा बढेर रू. ५५ करोड २७ लाख पुगेको छ ।
बैंकको नाम | खुद नाफा रू. दशलाखमा | घटबढ प्रतिशत | |
कात्तिक मसान्तसम्म | असोज मसान्तसम्म | ||
नबिल बैंक | २,६९१.०४ | २,०५६.५९ | ३०.८५ |
ग्लोबल आइएमई बैंक | २,११४.०४ | १,५१२.१४ | ३९.८ |
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक | १,८२०.९० | १,४६४.०८ | २४.३७ |
प्राइम कमर्सियल बैंक | १,६२६.४४ | १,२८६.७९ | २६.४ |
कुमारी बैंक | १,५९०.४९ | १,०७८.१८ | ४७.५२ |
एभरेष्ट बैंक | १,५०९.३० | १,१२७.७४ | ३३.८३ |
एनएमबि बैंक | १,४८३.२३ | १,१४५.६० | २९.४७ |
प्रभु बैंक | १,२३१.०६ | १,०४०.६६ | १८.३ |
स्ट्याण्डर्ड चार्टर्ड बैंक | १,१३७.३१ | ८६२.२ | ३१.९१ |
लक्ष्मी सनराइज बैंक | १,०६९.४६ | ५३६.३६ | ९९.३९ |
नेपाल एसबिआई बैंक | १,००७.१० | ८१४.६५ | २३.६२ |
नेपाल बैंक | ९३८.८२ | ६०२.२ | ५५.९ |
हिमालयन बैंक | ९१८.८७ | ७२६.४३ | २६.४९ |
माछापुच्छ्रे बैंक | ६८९.७३ | ५०३.२६ | ३७.०५ |
सिद्धार्थ बैंक | ६६७.८ | ३८२.०८ | ७४.७८ |
सानिमा बैंक | ६५१.३ | ३९९.५३ | ६३.०२ |
राष्ट्रिय बािणज्य बैंक | ५५२.७५ | १५१.३ | २६५.३३ |
सिटिजन्स बैंक इन्टरनेशल | ४३८.६४ | १९८.२२ | १२१.२९ |
एनआईसी एशिया बैंक | ३८८.१४ | ११०.५३ | २५१.१८ |
कृषि विकास बैंक | -२२७.७६ | १९०.९२ | - |
कुल | २२,२९८.६५ | १६,१८९.४६ | ३७.७४ |