असार ७, लन्डन (बेलायत) । बेलायतमा हरेक चारमध्ये एक जना खाद्य संकटको खतरामा रहेको पाइएको छ । कोरोना भाइरसको महामारीका कारण खाद्य संकटको खतरा देखिएको हो ।
खाद्य अवस्थाबारे अनुसन्धानकर्ताहरुले गरेको प्रश्नको उत्तरमा चारमध्ये एक जनाले खाद्य असुरक्षा महसुस गरिरहेको बताएका छन् । यो सँगै पौष्टिक आहारको अभाव हुने खतरा पनि उत्तिकै बढेको अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।
अध्ययनको मुख्य निश्कर्ष फिडिङ ब्रिटेन एण्ड नोर्थमब्रिया युनिभर्सिटीको हेल्दी लिभिङ ल्याबबाट प्रकाशित गरिएको छ । महामारीका बेलामा २५ प्रतिशत वयस्कहरुले खानाका लागि संघर्ष गर्नु परेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख छ । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।