वासिङ्टन डिसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धनाढ्य विदेशीहरूलाई अमेरिकी नागरिकता दिन ‘गोल्ड कार्ड’ योजना लागू गर्ने घोषणा गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० लाख अमेरिकी डलर (आजको विनिमयदर अनुसार ६९ करोड ५० लाख रुपैयाँ) तिर्न चाहने लगानीकर्ताका लागि आवासीय र नागरिकता लिन सहज बनाउने कार्यक्रम घोषणा गरेका हुन् ।
ट्रम्पले यो कार्यक्रम दुई हप्ताभित्र शुरु हुने बताएका छन् । यद्यपि, यसको कार्यान्वयनको विवरण अस्पष्ट छ।
अमेरिकी सञ्चार माध्यमहरूका अनुसार ‘गोल्ड कार्ड’ किनेपछि कुनै पनि व्यक्ति अमेरिकामा बस्न र काम गर्न पाउनेछन् । यस्तै, अमेरिकी नागरिकता लिने प्रक्रिया पनि सहज हुनेछ ।
‘हामीले गोल्ड कार्ड विक्री गर्दैछौं । यसको मूल्य करीब ५ मिलियन डलर राख्नेछौं,’ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले मंगलबार भने ।
अमेरिकाका वाणिज्यमन्त्री हावर्ड लुटनिकले यो कार्यक्रमले ‘ईबी-५’ कार्यक्रमलाई प्रतिस्थापन गर्ने संकेत गरे । ‘ईबी-५’ कार्यक्रममार्फत आप्रवासी लगानीकर्ताहरूलाई अमेरिकी व्यवसायमा निश्चित रकम लगानी गरेर ग्रीन कार्ड दिने गरिएको छ । एजेन्सीको सहयोगमा