काठमाडौं । दशैं बिदापछि असोज २९ गतेदेखि नेपालको धितोपत्र दोस्रो बजार खुला भएको छ । यस दिन सर्वाधिक शेयर खरीद माग गुडविल फाइनान्समा देखिएको छ । दिउँसो १ बजेर १० मिनेटको कारोबार अवधिसम्म गुडविल फाइनान्सको शेयरमा सर्वाधिक खरीद माग देखिएको हो । यो अवधिसम्म १३ ओटा अर्डरबाट ९ लाख ३१ हजार ७५६ कित्ता शेयर खरीद माग भएको छ ।
प्रतिकित्ता १ हजार ७० रुपैयाँ सम्ममा यो अवधिसम्म कम्पनीको शेयर खरीद माग भएको अवस्था छ । सर्वाधिक माग भएको यस कम्पनीको शेयर मूल्य पनि बढिरहेको छ । १ बजेर १० मिनेटको कारोबार अवधिसम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँले बढेको छ ।