काठमाडौं । बिहीवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले सर्पोट लघुवित्तको १३ दशमलव ७७५ प्रतिशत र फरवार्ड लघुवित्तको १३ दशमलव ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
सर्पोट लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्त वित्तीय संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
समायोजन पश्चात फरवार्ड लघुवित्तको शेयर मूल्य रू. १ हजार ३५२ दशमलव १६ र सर्पोट लघुवित्तको रू. २ हजार ९२४ दशमलव १९ कायम भएको छ । नेप्सेले कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।
बिहीवार दोस्रो बजारमा सर्पोट लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. ३ हजार ३२७ मा र फरवार्ड लघुवित्तको रू. १ हजार ५३२ मा अन्तिम कारोबार भएको थियो ।
यही समायोजित मूल्यलाई आधारमा यी लघुवित्तको शेयर आगामी आइतबार देखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।