एकैदिन तोलामा २ हजार रूपैयाँले बढ्दा सुनको मूल्यमा फेरी नयाँ किर्तिमान !

फाइल तस्वीर ।

Share News

काठमाडौं । सुनको भाउले  बुधबार फेरि कीर्तिमानी कायम गरेको छ ।  मंगलबार प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

बुधवार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।