एनआईसी एशिया बैंकको २७औं वार्षिक साधारण सभा फागुन २२ मा, अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव

Share News

काठमाडौं । एनआईसी एशिया बैंकले २७ औं वार्षिक साधारण सभा फागुन २२ गते बोलाएको छ । बैंकको माघ २८ गते बसेको सञ्चालक समिति बैठकले भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा साधारण सभा बोलाएको हो ।

सभाले ५ अर्ब रुपैयाँको एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले एनआईसी एशिया अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्न सम्बन्धित निकायहरूको आवश्यक स्वीकृति प्राप्त गर्ने क्रममा कुनै फेरबदल, संशोधन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

त्यस्तै सभाले बैंकको अधिकृत पूँजी १४ अर्ब ९२ करोड रुपैयाँबाट वृद्धि गरी १९ अर्ब ९२ करोड रुपैयाँ पुर्याउन प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्ने प्रस्ताव पारित हुनेछ । 

सभा प्रयोजनका लागि फागुन ८ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन ६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउने बैंकले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।