काठमाडौं। एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बेथरी, पडसरी, सिसहनिया, ओखरकोट, ठाकुरद्वारा, बाँसगढी र सुलिचौर शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा दैनिक आम्दानी तथा खर्चको विश्लेषण, वित्तीय सेवा सम्बन्धी ज्ञान, भविष्यका लागि बचतको आवश्यकता, बचत गर्ने तरीका, कर्जाको सही सदुपयोग गर्ने तरीका, व्यवसाय व्यवस्थापन जस्ता विषयमा छलफल गरिएको थियो । सहभागीले कार्यक्रमबाट कर्जाको सदुपयोग कसरी गर्ने, कर्जा लिएर कस्तो प्रकारको व्यवसाय गर्ने, कसरी आम्दानी बढाउने, बचत कसरी बढाउने र खर्च कसरी कम गर्ने भन्ने विषयमा विशेष ज्ञान हासिल गरेको संस्थाले जानकारी दिएको छ । कार्यक्रममा ३५० भन्दा बढीको सहभागिता थियो ।