काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० ले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार फण्डले भदौ मसान्तसम्ममा सूचीकृत शेयरमा रू. ८३ करोड ८२ लाख लगानी गरेको छ । यो लगानी साउन मसान्तमा भने रू. १ अर्ब २३ करोडभन्दा बढी थियो । यस आधारमा फण्डले साउनको तुलनामा भदौमा सूचीकृत शेयरमा लगानी केही घटाएको छ ।
त्यस्तै फण्डको न्याभ पनि साउनको तुलनामा भदौमा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १३ रुपैयाँ ६८ पैसा रहेकोमा भदौ मसान्तमा घटेर १० रुपैयाँ ९९ पैसामा झरेको छ ।
फण्डले भदौ मसान्तसम्ममा रू. १२ करोड १५ लाख नाफा कमाएको छ । यो नाफा साउन मसान्तको तुलनामा भने ५७ प्रतिशत कम हो । सो अवधिमा फण्डले रू. २८ करोड ३३ लाख नाफा कमाएको थियो । भदौमा फण्डको आम्दानी घटेकाले र खर्चमा वृद्धि भएकाले नाफा प्रभावित भएको हो ।
साउन मसान्तमा फण्डको कुल खर्च रू. २९ लाख ७३ हजार रहेकोमा भदौ मसान्तमा बढेर रू. ५१ लाख ४१ हजार पुगेको छ । त्यस्तै फण्डको कुल आम्दानी साउन मसान्तमा रू. २८ करोड ६२ लाख रहेकोमा भदौ मसान्तमा घटेर रू. १२ करोड ६६ लाखमा झरेको छ ।