काठमाडौं । एनएमबि बैंकको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा सम्पन्न उक्त साधारण सभामा बैंकका शेयरधनीहरूले आ–आफ्नो विचार समेत व्यक्त गरेका थिए ।
२०८१ असार सम्ममा बैंकको खुद नाफा २ अर्ब २४ करोड रुपैयाँ रहेको छ । सो अवधिसम्म बैंकले २ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकले हाल देशभर २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।