काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १६ दशमलव ४४ प्रतिशत घटेको छ ।
गत आवमा कम्पनीले रू. २ अर्ब ६८ करोड नाफा कमाएकोमा चालू आवमा रू. २ अर्ब २४ करोडमा सिमित भएको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो । गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी १४ दशमलव ७२ प्रतिशत र सञ्चालन नाफा १३ दशलमव ७९ प्रतिशत घटेको छ ।
नाफाघटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४७ पैसा रहेकोमा चालू आवमा घटेर १६ रुपैयाँ २७ पैसामा सिमित भएको छ । त्यस्तै चालू
आवमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १५७ दशमलव १३, मूल्य आम्दानी अनुपात १० दशमलव ८८ गुणा र तरलता अनुपात ३० दशमलव ०९ प्रतिशत रहेको छ ।
चुक्ता पूँजी रू. १८ अर्ब ३६ करोड रहेको कम्पनीले तेस्रो त्रैमाससम्ममा जगेडामा रू. १० अर्ब ९२ करोड सञ्चिती गरेको छ । शेयर प्रिमियम भने रू. ४२ करोड ९२ लाख ऋणात्मक रहेको छ । कम्पनीको वितरणयोग्य नाफा पनि रू. ४२ करोड ९२ लाख ऋणात्मक रहेको छ ।