काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले एनएमबि सरल बचत फण्ड–ईको कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क घटाएको छ ।
उक्त योजनाको व्यवस्थापक रहेको क्यापिटलले चैत १ गतेदेखि लागू हुने गरी प्रतिकारोबार निक्षेप सदस्य शुल्क रू. ५ लाग्ने व्यवस्था गरेको हो । यसअघि उक्त योजनाको प्रत्येक कारोबारमा निक्षेप सदस्य शुल्क रू. २५ लाग्ने गरेको थियो ।
खुलामुखी प्रकृतिको यस योजनाको माघ मसान्तसम्म ७ करोड ६७ लाख ८० हजार ५२८ इकाई कायम रहेको छ । माघ मसान्तसम्म योजनाले रू. २ करोड ७९ लाखभन्दा बढी नाफा गरेको छ । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य माघ मसान्तसम्म रू. ९ दशमलव ४७ रहेको छ ।