काठमाडौं । काठमाडौंको कमलादीमा रहेको युनिग्लोब कलेजमा विज्ञान, व्यवस्थापन र कानून गरी तीन विषयमा पढाइ हुँदै आएको छ । यो शैक्षिक संस्थाले पछिल्लो समय मेडिकल, इन्जिनियरिङ, आइटी तथा विभिन्न व्यवस्थापकीय क्षेत्रमा प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्दै आएको कलेजले जनाएको छ ।
कलेजका प्राचार्य डा. गणेश रेग्मी आम अभिभावक र विद्यार्थीको विश्वास जितेर कक्षा ११ र १२ पढ्ने विद्यार्थीका लागि एक उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्न सफल भएको बताउँछन् । वास्तवमा युनिग्लोब कलेजले आफूलाई एउटा ‘विस्तारित पुस्तकालय’का रूपमा स्थापित गरेको उनी बताउँछन् । ‘यस कलेजमा विद्यार्थीहरूले कक्षा कोठाको औपचारिक पठनपाठनको क्रियाकलापमा मात्र नभएर कक्षाकोठा बाहिरको क्रियाकलापमा पनि आफूलाई उत्तिकै केन्द्रित गराएका छन्,’ उनले भने, ‘विद्यार्थीको शैक्षिक विकासका निम्ति जिरो आवरको समय छुट्ट्याइएको यस कलेजमा विद्यार्थीले उक्त समयको भरपूर सदुपयोग गर्ने गर्दछन् ।’
भौतिक पूर्वाधारले सम्पन्न तथा आधुनिक प्रविधिमैत्री कलेजका रूपमा आफ्नो बेग्लै पहिचान बनाउन सफल यो कलेजले मोबाइल लर्निङ, माइक्रो लर्निङ जस्ता विधि तथा पद्धतिलाई शिक्षण सिकाइ क्रियाकलापमा प्रयोग गर्ने गरेको छ । विद्यार्थीमाथि कुनै पनि किसिमको बल प्रयोग गरेर वा दबाब सृजना गरेर मात्र सही मार्गमा हिँडाउन सकिन्छ भन्ने परम्परित मान्यताको विरुद्धमा विद्यार्थीको मनोविज्ञान बुझेर उनीहरूको व्यवहारमा परिवर्तन ल्याउन कलेज तयार रहेको रेग्मीे बताउँछन् । विद्यार्थीको मनोविज्ञान बुझेर अध्ययन अध्यापन कार्यलाई निरन्तर अघि बढाउने देशकै दक्ष तथा योग्य शिक्षक वर्ग यस विद्यालयको सम्पत्ति रहेको उनको भनाइ छ । यो कलेजले मनोवैज्ञानिक परमर्शदाताको व्यवस्थासमेत गरेको छ, जसको माध्यमबाट मानसिकतामा परिवर्तन ल्याई विद्यार्थीलाई आफ्नो शिक्षण सिकाइ क्रियाकलापमा आबद्ध गराउँदै आएको छ ।
१२ रोपनी क्षेत्रफलमा फैलिएको यस कलेजले आफ्नो स्थापना कालदेखि नै भौतिक पूर्वाधारको पर्याप्तताविना व्यावहारिक र गुणस्तरीय शिक्षण सिकाइ सम्भव नरहेको मान्यतालाई आत्मसात् गर्दै भौतिक संरचनाको निर्माणमा कलेजले पर्याप्त ध्यान दिएको रेग्मी बताउँछन् । ‘पूर्ण रूपमा वातानुकूलित कक्षा कोठा, सिसी क्यामेरा, प्रोजेक्टर जस्ता पूर्वाधारबाट सुसम्पन्न यस कलेजले प्राविधिक रूपमा आवश्यकताअनुसार स्मार्टबोर्ड र ह्वाइटबोर्डको प्रयोग कक्षा कोठामा गर्ने गरेको छ,’ उनले भने । ‘कलेजमा मात्र नभएर विद्यार्थीलाई घरमा पनि डिजिटल गाइडेन्स आफ्नो स्थापनाकालदेखि नै गराउँदै आएको छ ।’
- योग्य, दक्ष तथा तालीमप्राप्त शिक्षक
- पारिवारिक वातावरण
- समावेशी र सहभागितामूलक कक्षाकोठा
- व्यावहारिक सिकाइमा जोड
- नवीनतम विधिको प्रयोग
- शिक्षणमा एआई टुल्स र सफ्टवेयरको प्रयोग
- जिरो आवर कक्षा
- आधुनिक सुविधासम्पन्न इन्नोभेसन ल्याब
यो कलेजले विद्यार्थीलाई व्यक्तिगत तहमै पुगेर शिक्षण सिकाइ गराउँछ । हरेक विद्यार्थीको रुचि तथा क्षमतालाई बोध गरेर करिकुलम, इसिए र सिसिएको एउटा इन्टिग्रेटेड मोडालिटी अपनाएर आगामी दिनमा उसका निम्ति एउटा बलियो आधार बनाइदिने कार्य गरेको युनिग्लोब कलेजको दाबी छ । जसले गर्दा नै आजसम्म शतप्रतिशत उत्कृष्ट नतीजा ल्याएर विश्वबजारमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकेको कलेजका प्राचार्य रेग्मी बताउँछन् ।
कलेजले आधुनिक शिक्षा पद्धतिलाई अंगीकार गरेर अगाडि बढ्दा त्यसलाई व्यवहारमा रूपान्तरण गर्न सबैभन्दा महत्त्वपूर्ण पक्ष शिक्षकको क्षमता विस्तार हो, जसका लागि हरेक वर्ष शिक्षकलाई तालीम प्रदान गर्ने गरेको छ । कलेज व्यवस्थापनका अनुसार कलेजमा हाल पूर्णकालीन र आंशिक गरी ९१ जना शिक्षक कार्यरत छन् भने ४७ जना कर्मचारीले शिक्षण सिकाइ क्रियाकलापमा सहजीकरण गर्दै आएका छन् । शिक्षक र कर्मचारी सम्पूर्ण जनशक्तिको विभिन्न तालीमका माध्यमबाट क्षमता विस्तार गरिएको हुँदा टिमवर्क राम्रोसँग अगाडि बढेको र यसले राम्रो नतीजा पनि दिँदै आएको अनुभव भौतिक विज्ञान विभागका प्रमुख देवेन्द्र खड्का बताउँछन् ।
राज्यले तोकेका बाहेक पनि यस कलेजले एसईईको नतीजामा आधारित र कलेजको प्रवेश परीक्षामा आधारित रहेर छात्रवृत्ति उपलब्ध गराउँदै आएको प्राचार्य रेग्मी बताउँछन् । करिकुलमले निर्देशन गरेको शिक्षण सिकाइबाट माथि उठेर यो कलेजले करिकुलमलाई व्यावहारिक जीवनमा जोडेर व्यावसायिक रूपको सिकाइमा जोड दिने गरेको उनको भनाइ छ ।
विज्ञान स्ट्रिममा अध्ययन गर्ने विद्यार्थीलाई पनि विज्ञान र प्रविधिसँग जोडेर पाठ्यक्रमलाई व्यावहारिक जीवनमा रूपान्तरण गर्न अभिप्रेरित गर्ने कार्य यस कलेजले गर्दै आएको छ । २०७२ सालदेखि नै यस कलेजमा अध्यापन गर्दै आएका कम्प्युटर विभागका प्रमुख नवीन गुरुङ रोबोर्टिक्स ट्रेनिङका लागि विभिन्न संस्थासँग काम गरिरहेको बताउँछन्, जसमा आइओटी बेस्ट डिभाइस बनाउनेदेखि लिएर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)का टुल्शहरूको प्रयोग विद्यार्थीका माध्यमबाट गराउन सकिन्छ । यो क्रमलाई अझ विस्तारित र व्यापक रूपमा अघि बढाउने योजना भएको कलेजको भनाइ छ ।
भौतिक विज्ञानका सन्दर्भमा यस विद्यालयले विद्यार्थीले पढेका सैद्धान्तिक विषयको प्रयोगात्मक परीक्षण गर्न सुविधासम्पन्न ल्याबको पनि व्यवस्था गरेको कलेजको भनाइ छ । राष्ट्रिय परीक्षा बोर्डको पाठ्यक्रमबाहेक कलेजले आफ्नो सुविधासम्पन्न इन्नोभेसन ल्याबमा प्राचार्यकै नेतृत्वमा विभिन्न तालीम दिने, रोबोट बनाउन सिकाउने तथा अन्तरिक्षसम्बन्धी ज्ञान दिने गरेको छ । कलेजले परियोजना कार्य दिने तथा विषयवस्तुअनुसार फिल्ड भिजिट पनि गराउने गरेको रसायन विज्ञान विषयका विभागीय प्रमुख जयराम घिमिरेले बताए । यसबाहेक इन्जिनियरिङ र मेडिकलका तयारी कक्षाहरू पनि शुरूबाटै निरन्तर रूपमा दिने गरिएको छ, जुन विद्यार्थीका निम्ति अत्यन्त उपयोगी देखिएको प्राचार्य घिमिरेको भनाइ छ ।
युनिग्लोब कलेजले हरेक वर्ष ‘योङ साइन्टिस्ट समिट’ नाम दिएर प्रतियोगितात्मक विज्ञान महोत्सव (साइन्स एक्जिबिसन) कार्यक्रम आयोजना गर्ने गरेको छ, जसलाई नेपाल पोलिमर इन्स्टिच्युटले साथ दिएको घिमिरेले बताए । घिमिरेले विगत २ वर्षदेखि युनिग्लोब इन्नोभेसन एन्ड रिसर्च सेन्टरको नेतृत्व गर्दै आएका छन् ।