काठमाडौं। रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । कार्यक्रममा बजाज प्लाटिनाका चालकहरू आफ्नो मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न सहभागी भएका थिए । माइलेज च्याम्पियनमा लोकेशकुमार चौरसियाले ९९ किलोमिटर प्रति लिटरको प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेका थिए । त्यस्तै ९४ किलोमिटर प्रति लिटरको प्रदर्शनका साथ मुकेशकुमार शाह दोस्रो र ९० किलोमिटर प्रति लिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा रहे ।
यस माइलेज च्याम्पियनमा सहभागी चालकले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेको बताइएको छ । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वसनीयता उजागर गर्दै नेपालका बजाज प्रेमीबीचको एकताको भावना र मित्रवत् प्रतिस्पर्धालाई प्रोत्साहित गरेको आयोजकको अपेक्षा छ । नयाँ पुस्ताले बढी पेट्रोल खर्च गर्ने मोटरसाइकल चलाउने ट्रेन्ड बसेका बेला प्लाटिना प्रयोगको फाइदाबारे पनि च्याम्पियनले जानकारी दिने विश्वास आयोजकको छ ।