काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर बन्ने चर्चामा रहेका नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् ।
उनले बैंक सञ्चालक समितिका अध्यक्षसमक्ष राजीनामा दिएको बैंकको उच्च स्रोतले जनाएको छ । मंगलवार ढुंगानाले बैंकका कर्मचारीहरूलाई आफूले राजीनामा दिएको जानकारी गराएको बैंकका एक उच्च अधिकारीले आर्थिक अभियानलाई बताए ।
सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि प्रक्रिया अघि बढाएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल सदस्य छन् ।
नबिल बैंकमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीको कम्पनी मुख्य प्रवर्द्धक रहेको छ ।