काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेड चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १६ लाख ९७ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
गत वर्ष यस अवधिसम्म ४ करोड ९९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नोक्सानी कम गरेको हो । पहिलो त्रैमाससम्म भने कम्पनी ७४ लाख ७४ हजार रुपैयाँभन्दा बढी खुद नाफामा थियो ।
दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत विक्रीबाट ६ करोड ७४ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले ४ करोड ९६ लाख रुपैयाँभन्दा बढी विद्युत विक्रीबाट आम्दानी गरेको थियो । यस वर्ष कम्पनीको विद्युत विक्री खर्च पनि बढेको छ । गत वर्ष ४६ लाख रुपैयाँभन्दा बढी मात्र विद्युत विक्री खर्च गरेको कम्पनीले यस वर्ष ६६ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड रुपैयाँ छ । जगेडा कोष रकम भने २१ करोड ११ लाख रुपैयाँभन्दा बढी ऋणात्मक छ ।
कम्पनीले लिएको दीर्घकालीन कर्जा रकम यस वर्ष ६९ करोड ९० लाख रुपैयाँभन्दा बढी छ भने अल्पकालीन कर्जा २३ करोड ४७ लाख रुपैयाँभन्दा बढी छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीको दीर्घकालीन कर्जा ८५ करोड ८३ लाख रुपैयाँभन्दा बढी थियो भने अल्पकालीन कर्जा ५ करोड २७ लाख रुपैयाँभन्दा बढी थियो ।
दोस्रो त्रैमाससम्म कम्पनी १० पैसा प्रतिशेयर नोक्सानीमा छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ २० पैसा छ ।