काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यले बुद्ध एयरको टिकट खरीदमा ८ प्रतिशत छूट पाउने भएका छन् । छूटसम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ सेल्स डाइरेक्टर रूपेश जोशीले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार बैंकका डेबिट, क्रेडिट कार्डवाहक एवम् बैंकको मोबाइल बैंकिङ एप्लिकेशन ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले बुद्ध एयरको टिकटको खरीदमा ८ प्रतिशत छूट पाउनेछन् । बैंकका ग्राहकहरू तथा ग्राहकका परिवार सदस्यले बुद्ध एयरको काउन्टरबाट यो छूट पाउने बताइएको छ । ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक भएको बैंकले जानकारी दिएको छ । बैंक विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ–संस्थाबाट विभिन्न समयमा फरक फरक विधामा सम्मानित हुँदै आएको छ ।