काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्रीन भेन्चर्स लिमिटेडको १० प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । कम्पनीले गत पुस २८ गते सम्पन्न छैटौं वार्षिक साधारण सभाले पारित गरेको बोनस शेयर कारोबारयोग्य बनाएको हो ।
१० प्रतिशत बोनस शेयरबापत्को ३१ लाख २५ हजार कित्ता शेयर कम्पनीले कारोबारयोग्य बनाएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरूले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
कम्पनीले बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश पनि यस वर्ष वितरण गरेको छ ।