काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कुल ३ लाख ४९ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले ९८ हजार २८ दशमलव ८४ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि र २ लाख ५१ हजार ९५२ दशमलव ११ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको ९८ हजारभन्दा बढी कित्ता शेयर खरीदका लागि आगामी ३५ दिनभित्र र सर्वसाधारण शेयरधनीहरूका लागि विक्रीमा आएको २ लाख ५१ हजारभन्दा बढी कित्ता शेयर खरीदका लागि आगामी १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंमा पेश गर्नुपर्नेछ । विद्यमान संस्थापकहरूका लागि मात्र विक्रीमा आएको शेयर खरीदका लागि तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा विक्री प्रक्रिया अघि बढाइनेछ ।