काठमाडौं । गुडवील फाइनान्स कम्पनी लिमिटेडले १ लाख कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन पेस गर्नुपर्नेछ ।
इच्छुक लगानीकर्ताले आफूले किन्न चाहने शेयरको कित्ता खुलाई कम्पनीको केन्द्रीय कार्यालय, हात्तीसार, काठमाडौंमा पुग्ने गरी आवेदन पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।