काठमाडौं । शुक्रवार देखि परेको अविरल वर्षाका कारण देशभर १०४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको आइतवार बिहान ९:३० बजे सम्मको तथ्यांक अनुसार ७३ जना घाइते छन् भने ६४ जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार ३ हजार ३९ जनालाई उद्धार गरिएको छ ।